जनकपुरधााम- धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका हुन् ।
निर्वाचित महतोले ७ हजार ३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका हुन् ।



त्यसैगरी उपमेयरमा पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छिन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन् ।
उपमेयरमा निर्वाचित भएकी बुढाथोकीले ७ हजार ४१४ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी कोइरालाले ६ हजार ७३५ मत पाएकी हुन् ।
२०७४ सालको चुनावमा मिथिला नगरपालिकामा मेयर र उपमेयर सहित बहुमत वडाध्यक्ष नेकपा एमालेले जितेको थियो । यसपटक पार्टीभित्रबाटै अन्तरघात भएपछि नेतृत्वमा पार्टीले हार व्यहोर्नु परेको मेयरका प्रत्यासी राजारामले आरोप लगाएकाे छ।
११ वटा वडा रहेको मिथिला नगरपालिकामा यसपटक पाँचवटा वडामा नेकपा एमाले, चारवटामा नेपाली कांग्रेस र दुईवटा वडामा नेकपा एकिकृत समाजवादीले जितेको छ ।
वडा अध्यक्ष हरु क्रमशः वडा नं १ मा जोगि महतो , २ मा बिहारी महतो , ३ मा रामएकपाल महतो , ४ मा चन्द वहादुर बुलन ,५ मा रामचन्द्र महतो , ६ मा नन्दकिशोर यादव , ७ मा राम वहादुर लामा , ८ मा बिन्देश्वर महतो ,९ मा दिपक थापा , १० मा सबिन थापा र ११मा बेद वहादुर कार्की निर्वाचित भएका छन् ।





