जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह निर्वाचित भएका छन्।
आज साँझ आएको अन्तिम मत परिणाम अनुसार मनोज साहले झण्डै चार हजारको मतान्तरले निर्वाचित भएका छन् । साहले १३ हजार ४६५ मतको मत प्राप्त गरि विजयी हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत प्राप्त गरे ।
यस्तै तेश्रो नम्बरमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का उम्मेदवार मनोजकुमार चौधरीले ५ हजार ३६० मत पाएका छन् भने चौथो नम्बरमा गठबन्धबाट जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर ५ हजार १९४ मतमा सिमित भए । पाँचौ नम्बरमा स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ४ हजार २९० मत पाएका छन् ।
यस्तै उपमेयरमा नेपाली काँग्रेसका किशोरी साह निर्वाचित भएका छन् । उनी १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८८५ मत मात्र प्राप्त गरेकी छिन् । यस्तै निवर्तमान उपमेयर रिता कुमारी मिश्रले ५ हजार ८१७ मत मत ल्याइन् । उनी लोसपाबाट उम्मेदवार थिइन्।




