बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० का नवनिर्वाचित वडाध्यक्ष विष्णु कुमार महतो(मुकेश)ले पदभार ग्रहण गरेका छन् ।
वडाध्यक्ष तथा वडासदस्यहरुले मंगलबार नगरप्रमुख डा.दिपेन्द्र महतोबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्दै आज(बुधबार) पदभार ग्रहण गरका छन् । वडाध्यक्ष महतोले पदभार सम्हाल्दै जनताले गरेको अपेक्षा अनुसारको वडामा काम गर्ने संगै शिक्षा र स्वास्थ्यमा पहिलो सुधार ल्याउने बताए ।
साथै हरित अभियान संचालन गरेर गौशाला नगरपालिका १० लाई पर्यावरण मैत्री वडा बनाउने बताएका छन् । र आजैका दिन वडाका सगम लाल महराको धाराको सिफारीस र दयादत्ती रामको नगरिकताको सिफारीस नवनिर्वाचित वडाध्यक्ष महतोले गरेका हुन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गौशाला नगरपालिका वडा नम्बर १०का वडाध्यक्षमा विष्णु कुमार महतो(मुकेश) ८ सय ४६ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
भब्य स्वागतका साथ पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । वडाबासी, कार्मचारी, राजनितिकर्मीहरुले समेत नवनिर्वाचित वडाध्यक्ष महतोलाई स्वागत गरेको छ ।