औरही । महोत्तरीमा बाख्रा चराउन गएकी बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
पोखरीमा डुबेर जिल्लाको भंगहा नगरपालिका वडा नं. ८ पडरियाका ईन्ताज अन्सारीका करिब ६ वर्षीया छोरी सहिदा खातुनको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



https://www.facebook.com/shirishonline1/videos/531090748687413
बिहिवार साँझ करिब साढे ६ बजे बाख्रा चराउन गएकी बालिकाको चौरीमा रहेको पोखरीमा डुबेर मृत्इु भएको खबर पश्चात ईलाका प्रहरी कार्यालय लोहारपट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले प्रारम्भिक मुचुल्का सम्पन पश्चात शव पोष्ट मार्टमको लागि जलेश्वलर अस्पताल पठाईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
पोष्ट मार्टम पश्चात शव बालिकाका आफन्तले बुझेको र यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




