
महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले सहज आवत-जावतका लागि सडक निर्माण आवश्यक रहेको कुरा बताउनु भएको छ ।
मटिहानी नगरपालिकाको वडा नम्बर ५ को खता देखि सहदेव साहको पोखरी सम्म निर्माण हुने आरसीसी ढलानको शिलान्यास गर्नु हुँदै उहाँले सडक निर्माणले यस क्षेत्रको जनतालाई सहयोग पुग्ने भन्नुभयो ।
सहरी विकास मन्त्रालयको संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरको सहयोगमा करिब ७० लाख ५६ हजारको लागतमा सो आरसीसी सडक निर्माण हुने कुरा जनाइएको छ ।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष मिश्री नायक, नेकपा एमालेका किशोरी महतो, प्रकाश नायक, कुशेश्वर यादव, पञ्चेश्वर यादव, नेकाँका विनय मण्डल लगायतकाहरुको उपस्थिती रहेको थियो ।
बाटो ५ सय मीटर रहेको छ । बाटो निर्माण भएपछि विसनपुर र गोबरौराका जनतालाई ढेकहा बाजार सम्म पुग्न सहज हुनेछ ।