
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको अन्तिम शव फेला परेको छ । सोमबार २१ शव फेला परेको थियो । आज अन्तिम शव फेला परेको नेपाली सेनाले जनाएको छ । सोमबारै १० शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
बाँकी १२ शव आजै काठमाडौं ल्याउने तयारी गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२, सानोसरेमा दुर्घटना भएको थियो । विमानमा चालक दलका तीन सदस्य र १९ यात्री सवार थिए ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको ९एनएईटी विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि परिवारलाई बुझाइनेछ ।