बर्दिबास – विश्व वातावरण दिवसको अवसरमा बर्दिबास नगरपालिकाले वृक्षारोपण कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
‘दिगो प्रकृतिमैत्री जीवनयापन: पृथ्वीको संरक्षण’ भन्ने मुल नाराका साथ नगरपालिकाले विश्व वातावरण दिवस मनाइएको हो ।




त्यस अवसरमा बर्दिबास नगरपालिका-३ बिजुली डाडामा २०० वटा टिकको बिरुवा रोपिएको नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीले जनाएको छ।
स्थानीयवासीले रुख मासेर अतिक्रमण गरेको जग्गामा पुनः चुरे संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको मेयर क्षेत्रीले बताए। मेयर क्षेत्रीले थप्दै भने दिवसको अवसर पारेर मात्रै नभएर हामी बर्दिबासलाई हरियाली बनाउनका लागि बर्षाको मौसममा थप अरु बिरुवाहरु पनि रोपिने बताए।
वृक्षारोपण कार्यक्रममा नगरपालिकाका उप-मेयार तारा देवी महतो, ईलाका प्रहरी कार्यलय बर्दिबासका प्रमुख रबि रावल, बर्दिबास सबडिभिजन वन कार्यलयको रेन्जर सन्तोष यादब, सहायक वन अधिकृत भिम बिक्रम खड्का, सब डिभिजन बर्दिबास तथा माईस्थान सशस्त्र वनसुरक्षा शाखाको जनदार औतार लामा लगायतको सहभागिता रहेको थियो ।







