औरही । महोत्तरीको बर्दिबासमा मधेस प्रदेश चलचित्र पुर्वाधार विकास सम्बन्धी गोष्ठी तथा चलचित्रकर्मीहरुको तथ्यांक संकलन सम्पन्न भएको छ ।
सोमबार बर्दिबास स्थित जय माँ पञ्चधुरा होटलको साभाहलमा चलचित्र तथा लोकसंचार प्रवर्द्धन बोर्ड मधेस प्रदेशद्वारा मधेस प्रदेश चलचित्र पुर्वाधार विकास सम्बन्धी गोष्ठी तथा चलचित्रकर्मीहरुको तथ्यांक संकलन गरिएको हो ।



कार्यक्रमका चलचित्र तथा लोकसन्चार प्रवर्द्धन बोर्ड मधेस प्रदेशका सदस्य बि.एन. पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने चलचित्र तथा लोकसन्चार प्रवर्द्धन बोर्ड मधेस प्रदेशका कार्यालय प्रमुख चन्देश्वर साह, सदस्य पुष्पा कुमारी यादव, सदस्य अशोक दत्त तथा नायक सरोर निराला , गितकार रुद्रसेन् विश्वकर्मा , डान्सर सुप्रीना श्रेष्ठ लगायत विभिन्न चलचित्रकार्मीहरुको उपस्थितिमा तथ्यांक संकलन तथा चलचित्र पुर्वाधार विकास सम्बन्धी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।





