औरही – महोत्तरीको औरही नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई औरही उद्योग वाणिज्य संघले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका विच औरही उद्योग वाणिज्य संघले नव निर्वाचित नगर प्रमुख,उपप्रमुख वडा अध्यक्ष लगायत सम्पूणर् जनप्रतिनिधीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेका हुन् ।
संघका अध्यक्ष श्रवण चौधरीले नगर प्रमुख प्रदीप कुमार खड्का, उपप्रमुख रेनु झा, वडाअध्यक्ष लागयत सम्पूणर् नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको हो।
यसै कार्यक्रमका बीच नेकपा एमालेका युवा नेता सरोज कुमार यादवले नवनिर्वाचित नगर प्रमुखलाई औरही बजारलाई सुन्दर र उत्कृष्ट बजारको रुपमा विकास गर्न “हरियाली औरही, सफा औरही”अभियान सञ्चालनका लागि नगरपालिका लाई ध्यानाकर्षण गराए ।
संघका अध्यक्ष चौधरीले औरही बजारको ढल व्यवस्थापन, औरही नगरपालिकाको बजारिकरणका लागि कोशेली घरको निर्माण, घुमन्ते व्यापारीहरुलाई करको दायरामा ल्याउन पहल गर्ने लगायतका मागहरु नव निर्वाचित जनप्रतिनिधी समक्ष राखेका थिए ।
नगर प्रमुख खड्काले नगरको आन्तरिक आय बृद्धि सँगै क्षमता अभिबृद्धिका कार्यक्रमका लागि व्यवसायिक संगठनहरु सँग सहकार्य गरिने बताए। औरहीको समग्र विकासका लागि सबैको भुमिका रहनु पर्ने मा जोड दिदै औरही उद्योग वाणिज्य संग पनि समन्वयकारी भुमिका रहने नगर प्रमुख खडकाले बताए ।
कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुलाई संघका उपाध्यक्ष रीना गुप्ताले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका सल्लाहकार सुकेश्वर चौधरीले गरेका थिए ।
यस कार्यक्रममा औरही उद्योग बाणिज्य संघका पदाधिकारी, ब्यापारी,राजनीतिकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
(फोटो फिचर)

(भिडियो हेर्नुस्)
https://www.facebook.com/shirishonline1/videos/1419444538521598
https://www.facebook.com/shirishonline1/videos/807332460251193


