काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अपाङ्गता भएकाहरुको समस्या राज्यको समस्या भएको बताए ।
मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्न लागिरहेको पनि बताए ।
‘म के विश्वास दिलाउन चाहन्छु भने धेरै कुराहरु समेटिँदै पनि गएका छन्, बाँकी रहेका कुराहरु पनि हामी समेटेर तपाईंहरुलाई दोस्रो दर्जाको नागरिकको अनुभुति हुन नदिने गरेर राज्यको तर्फबाट सम्मान हुनेछ’ उनले भने ।
उनले यससम्बन्धी कुनै दीर्घकालीन नीति र सोचाई नरहेको पनि बताए । ‘हामीले कस्ता अपाङ्गता भएका व्यक्तिलाई कसरी र कहाँ शिक्षादिक्षा दिने हो, उत्पादन भएकालाई कसरी बजारीकरण गर्ने हो ? भन्ने कुरा समस्या छ । न दीर्घकालीन नीति छ, न सोचाई छ’ सचिव कोइरालाले भने ।