महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नव निर्वाचित मेयर सुखदेव यादवले आफ्नो पदभार ग्रहण गरेका दिन गरेका पहिलो निर्णय ‘जेष्ठ नागरिक, सुत्केरी र अशक्तअपांगलाई जिल्लाभरि निःशुल्क एम्बुलेन्स सेवा, घरबाटाे जग्गा र चारकिल्लाकाे सिफारिस निःशुल्क’ लाई औपचारिक रुपमा कार्यन्वयन गरिने भएकाे छ ।
क्षिरेश्वरनाथ नगरपालिकामा काेरोना महामारी तथा आर्थिक मन्दीले गर्दा यस नगरपालिकाका अधिकांश जनता गरिब तथा विपन्न, एकल महिला र पिछडिएका रहेकाले उनिहरुको दैनिकी जिवन अति कष्टकर रहेकाेले यस नगरपालिकाका नागरीकलाई जेष्ठ २७ गते देखि लागु हुने गरी नागरिकता , जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइसराइ, घरबाटो सिफारिस, चार किल्ला सिफारिस नि: शुल्क गरिएको मेयर यादवले बताए।



साथै गर्भवती, जेष्ठ नागरिक र अपांगको लागि धनुषा जिल्ला भित्रका स्वास्थ्य संस्था र अस्पताल सम्म पुर्याउन एम्बुलेन्स सेवा नि:शुल्क गर्ने निर्णय समेत गरिएको मेयर यादवले जनाए।
यो निर्णय लागु गर्नको लागि पालिकाको सबै वडालाई आज परिपत्र गरिएको छ ।






