बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बरियापुरबाट लैगडाचोकतर्फ जाँदै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो।
बाराको महागढीमाई नगरपालिका–८ स्थित पुलबाट मोटरसाइकल अनियन्त्रित भइ तल खस्दा चालकसहित दुई जना गम्भीर घाइते भएका थिए। उनीहरुको उपचारका क्रममा राति ११ बजे मृत्यु भएको हो। मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ ।







