औरही - महोत्तरीका पालिकाहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको गाउँ तथा नगर परिषद् गर्ने तयारी गरिरहेका छन् ।
जिल्लामा रहेको ५ गाउँपालिका १० नगरपालिका गरि १५ पालिकाहरू अहिले पालिकाको गाउँ तथा नगर परिषद् गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।
असार १५ गते भित्रमा गाउँ तथा नगर परिषद् गर्नुपर्ने प्रावधान भए अनुसार पालिकाहरूले परिषद् बैठकको तयारी गरिरहेको छ । यसै बीच औरही नगरपालिका पनि नगर परिषद् गर्नका लागि आन्तरिक तयारीमा जुटेको छ । नगरपालिकाले नगर परिषद् पेश गर्ने बजेटको विषयमा नगरपालिकाले विभिन्न व्यक्तिहरूसँग छलफल गर्ने काम गरिरहेको छ ।
यसका लागि नगरप्रमुख, उपप्रमुख सहितको पदाधिकारीहरू लागि तयारीमा जुटेका छन् । नगर परिषद्का लागि असार १० गते गर्ने निर्णय औरही नगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले नै नगर परिषद् गर्ने मिति तय गरेका औरही नगरपालिकाका नगरप्रमुख प्रदिप कुमार खड्काले जानकारी दिए ।
औरही नगरपालिकाको समग्र विकासमा केन्द्रित भएर नगरको नीति तथा कार्यक्रम सहितको बजेट ल्याउने तयारी भइरहेको मेयर खड्काले बताए ।
महोत्तरीका अन्य पालिकाहरूले पनि नगर तथा गाउँ परिषद् गर्नका लागि तयारी गरिरहेको विभिन्न पालिकाहरूले जानकारी दिएका छन्।