महोत्तरी । महोत्तरीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । महोत्तरीको गौशाला नगरपालिका वडा न.५ का युवा इन्जिनियर राजकिशोर साहले विना दाइजो विवाह गरेका हुन् ।
तराईमा दाइजो प्रथा व्याप्त छ । यहाँ विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती दिनु हो । इ.राजकिशोरले विना दाइजो आदर्श विवाह गरेर दाइजो प्रथालाई चुनौती दिएका छन् ।
उनि जनमत पार्टीका नगर संयोजक समेत रहेका जोगिन्द्र साह र नगर उपप्रमुख प्रत्यासी उर्मिला देविका छोरा हुन् ।
घरमा विवाहको कुरा चलेपछि विना दाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए । उनले सर्लाहीको हरिवन १ भुटकुनीका रामपुकार महतोकी छोरी रोजी कुमार महतोसँग आदर्श विवाह गरेका हुन् । रोजी कुमारी महतोले बीबीएस पढेकी छिन ।
‘छोराको चाहाना अनुसार नै हामीले आदर्श विवाह गराएका हौं । हामीलाई लाउन खान नपुग्दो छैन ।’ इ. राजकिशोरका बुबा जोगिन्द्र साह भन्छन्, ‘दाइजो प्रथाले हाम्रो समाजलाई कहिल्यै हित गर्दैन । त्यसैले पूरै समाज यसको विरुद्ध लाग्नै पर्छ




