
महोत्तरी। स्थानिय तहको निर्वाचनको लागि मटिहानी नगरपालिकाको मेयरमा माओवादीबाट उम्मेदवारी दिएर हार व्यहोरेका नेपाल पत्रकार महासंघ महोत्तरीका निवर्तमान अध्यक्ष कमलेश मण्डलले नोमिनेशन गरे देखि अन्यौलमा परेको महासंघले शुक्रवार कार्यवाहक अध्यक्षमा हेम कुमारी बराला (सुनिता) ले पदभार ग्रहण गरेपछि निकास पाएको छ ।
निवर्तमान अध्यक्ष मण्डलकै पक्षमा कार्यसमितिका केहि सदस्य तथा पदाधिकारीहरुले राजिनामा नदिने र उनलाई नै अध्यक्षमा निरन्तरता दिने भनि अडान लिएपछि महासंघ नेतृत्व विमुख अवस्थामा रहेकोमा अन्नत विहिवार बर्दिवासमा बसेको कार्यसमिति बैठकले तत्कालिन उपाध्यक्ष हेम कुमारी बराल (सुनिता)लाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेपछि निकास निस्केको हो । नेपाल पत्रकार महासंघको प्रदेश तथा केन्द्रिय कार्यालयले समेत निर्वाचनमा सहभागि हुने व्यक्ति महासंघको कुनै पदमा बस्न नसक्ने उनको पद स्वत: खारेज हुने निर्णय हुदा हुदै उक्त निर्णय कार्यान्वयनमा मण्डल पक्षका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सो नमान्ने बताउदै आएका थिए।
तथापी महासंघको प्रदेश र केन्द्रले हेम कुमारी बरालकै नाममा पत्र समेत पठाईसक्दा उनी सदभार ग्रहण गर्न सकेकि थईनन । यद्यपी कार्यवाहक अध्यक्षको पदभार ग्रहण कार्यकममा निवर्तमान अध्यक्ष तथा उनका पक्षधर कार्यसमिति पदाधिकारी तथा सदस्यहरु अनुपस्थित देखिएका थिए । यता नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेकि हेम कुमारी बरालले पदको गरिमा र महत्वमाथि कुनै आँच आउन नदिने भन्दै महोत्तरीमा पत्रकारिताको विकासको लागि तथा पत्रकारहरुको दक्षता अभिवृद्धिको लागि विभिन्न स्थानमा समन्वय गरि महासंघको जिम्मेवारी पुरा गर्ने बताईन ।
उनले अहिले जिल्लामा दक्षता अभिवृद्धिका साथै पत्रकारको हकहितको लागि विभिन्न काम गर्नु पर्नेमा सबै साथीको सहयोगमा महासंघको बाकि रहेको कार्यकाल सफल बनाउने बताईन । पदभार ग्रहण पश्चात भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्षहरु रामकुमार मण्डल, दशरथ भण्डारी, ईश्वरी पौडेल र हरि प्रसाद मण्डलले कार्यवाहक अध्यक्षलाई शुभकामना दिएका थिए ।
साथै पुर्व अध्यक्षहरुले महासंघ सबै संचारकर्मीको साझा थलोको रुपमा रहेकोमा यसको सम्मान सबैले गर्नु पर्ने बताएका छन । महासंघ प्रदेश र केन्द्रको निती तथा निर्देशनमा चल्ने भएकोले प्रदेश र केन्द्रले गरेको निर्णयको सम्मान गरि महोत्तरी शाखालाई कार्यवाहक अध्यक्षको रुपमा निकास दिइएकोमा बधाई समेत दिए ।