बर्दिबास- बर्दिबास नगर पत्रकार संजालको नेतृत्वको जिम्मेवारी ललन मण्डलले पाएका छन्।
कार्यअवधि बाँकी नै रहे पनि बिक्रम रौनियारले आफ्नो व्यक्तिगत कार्यव्यस्तताको कारण राजिनामा दिएपछि आज भएको साधारणसभाले पत्रकार मण्डललाई अध्यक्षको जिम्मेवारीमा अनुमोदन गरेको हो ।
बिधानअनुसार रौनियारको कार्यकाल सकिन अझै १ बर्ष वाकी थियो । रौनियारले दिएको राजिनामालाई साधारणसभाले स्वीकृति जनाउदै मण्डललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
नगरपालिकालाई कार्यक्षेत्र वनाएर महोत्तरीमा सक्रिय पत्रकारिता गर्दै आएका मण्डलले अवको १ बर्ष वर्दिबास नगर पत्रकार संजाललाई आफ्नो नेतृत्वमा चलाउने छन् ।




