फाईल फोटो
काठमाडौं — भोटेकोशी नदीमा बाढीको बहाव बढेको भए पनि हाल रसुवा, नुवाकोट तथा धादिङका तटीय क्षेत्रहरूमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचना अनुसार भोटेकोशी नदीमा पानीको बहाव बढेको देखिएको थियो। त्यसको प्रभावले नुवाकोट क्षेत्रमा पनि नदीको सतह केही बढेको पाइए पनि बहाव ठूलो र खतरनाक स्थितिमा नरहेको महाशाखाले स्पष्ट पारेको छ।



उक्त वस्तुस्थितिलाई आधार मान्दै महाशाखाले हालका लागि रसुवा, नुवाकोट र धादिङसम्मका नदी आसपासका क्षेत्रहरूमा ठूलो बाढीको जोखिम नरहेको जानकारी दिएको छ।
यद्यपि, वर्षायाम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।




