महोत्तरी(औरही) - Yes Together We Can ले “कानून अध्यनरत विद्यार्थीहरुको राष्ट्रनिर्माणमा भूमिका सम्बन्धि ४५औं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता संस्था कै अध्यक्ष चुडामणि यादवले गरेको थियो भने संचालन श्रवण कुमार यादव र स्वागत मन्तव्य तथा बिषय प्रवेश संस्था को सचिव शमशाद आदिलले गरेका थिए।
कानुन संकायमा विभिन कलेजमा अध्ययन गर्ने युवा विद्यार्थीको व्यापाक उपस्थिति रहेको उक्त कार्यक्रममा विधिको शाशन,कानुनी सहायता र सचेतनामा कानुन को विद्यार्थीहरुको विशेष भुमिका रह्ने वक्ताहरूले अफनो धारण राखेका थिए ।
त्यसैगरी समाजमा रहेका अनायास र कुप्राथाहरुको निराकरणमा समेत कानुन विद्यार्थीहरु लाग्नु पर्ने र समग्र राष्ट्रमा न्यायको अनुभुति गराई राष्ट्रको निर्माणमा कानुन विद्यार्थीहरुहरु लाग्नु पर्ने समेत अवगत गराइएको थियो ।
कार्यक्रममा सहभागी तथा सहयोगि सम्पूणर्लाई धन्यवाद दिदै कार्यक्रम को समापन सभा अध्यक्ष चुडामणिा यादवले गरेका थिए।




