औरही – स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाका १५ वटै पालिकाहरुमा संचालित बहुक्षेत्रीय पोषण कार्यक्रमको बार्षिक समिक्षा सम्पन्न भएको छ ।
सोमवार महोत्तरी जिल्लाको औरही नगरपालिका १ स्थित रहेको राधाकृष्ण पार्टी प्यालेसमा जिल्ला समन्वय समिती महोत्तरीका प्रमुख सुमन लाल कर्णको अध्यक्षतामा बसेको बैठकमा जि.स.स.महोत्तरीका पदाधिकारी तथा स्थानिय तहका पोषण स्वयंसेवक एवम् कर्मचारीहरूसँग बहुक्षेत्रीय पोषण कार्यक्रम सम्बन्धी बार्षिक समिक्षा बैठक सम्पन्न भएको हो ।



सो कार्यक्रममा बिशिस्ट अतिथी जिससका पुर्व अध्यक्ष सुरेश प्रसाद सिंह, बिशेष उपस्थिति जिल्ला जनस्वास्थका संयोजक भोला यादव, पोषण कार्यक्रमका फोकल पर्सन गिरेन्द्र झा,औरही नगरपलिकाका नगर प्रमुख प्रदिप कुमार खडका र उप प्रमुख रेणु झा लगायत स्थानिय पालिकाहरुका फोकल पर्सनहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालनमा बिगत बर्ष कोभिड–१९ मुख्य बाधा को रुपमा रहेको,पालिका हरुमा आवस्यक जनशक्ति को अभाव रह्नु का साथै आपसी समन्वय को कमि ले गर्दा उत्कृष्ट परिणाम हासिल गर्न नसकेकाे तर अब यो कार्यक्रम लाई सबै पालिका स· समन्वय गरि तिव्र गतिमा लक्षित बर्ग सम्म सेवा पुर्याइने जिसस महोत्तरीका सभापती सुमन लाल कर्णले बताउनु भयो ।









