जनकपुरधाम- कोरोना महामारीको संक्रमण दर बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले धनुषाले विश्वव्यापी रुपमा साढे २ वर्षदेखि फैलिएको कोरोना महामारीबारे सतर्कता अपनाउन आग्रह गरेको हो ।



हाल कोभिड-१९ को संक्रमण दर बढिरहेकोले मास्क लगाएर मात्र हिँड्न, विना कामको भिडभाडमा नजान, संक्रमणको शंका भएमा संक्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ ।






