
भैरहवा- अर्घाखाँची वाट कपिलवस्तु तर्फ जादैँ गरेको ट्रक र वोलेरो पिकअप वाट कपिलवस्तु प्रहरी ले आईतवार विहान ठुलो परिणाम मा रक्तचन्दन वरामद गर्नु को साथै ८ जना लाई पक्राउ गरेको छ।

पक्राउ गरिएको रक्तचन्दन ६ सय ५३ किलो १५० ग्राम रहेको र अनुमानित मुल्य १ करोड ६३ लाख रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले जनाएको छ।
कपिलवस्तु प्रहरी ले पाएको विशेष सुचनाको आधारमा कपिलवस्तु बुद्धभूमी नगरपालिका-१ पत्थरकोट वाट जिल्ला प्रहरी कार्यालय कपिलबस्तु बाट प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले अर्घाखाँची वाट कपिलवस्तु तर्फ जाँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रक लाई रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा रक्त चन्दन काठ ६१६ किलो ९७० ग्राम र ट्रक संगै आई रहेको लु २ च १६३९ नम्बरको बलेरो पिकअपको पछाडीको ढालामा लुकाई छिपाई राखेको सोही प्रकृतिको ३६ किलो १८ ग्राम गरी जम्मा ६५३ किलो १५० ग्रामको रक्त चन्दन सहित ८ जना लाई प्रहरी ले नियन्त्रण मा लिएको हो ।

नियन्त्रणमा लिइएको मानिस,सवारी साधन र रक्तचन्दन सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तु पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले जनाएको छ।