जनकपुरधाम। मिटरब्याज घटनाका पीडितहरु संगठित भएर मिटरब्याजविरुद्ध चरणवद्ध संघर्ष गर्ने भएका छन् । मंगलबार मिर्चैयामा बसेको पीडितहरुको भेलाले प्रदेश स्तरीय संघर्ष समिति गठन गरेका हुन् ।
सिरहाका मनोज पासवानको संयोजकत्वमा रहेकोे उक्त समितिमा मधेश प्रदेशका विभिन्न जिल्लाका पीडितहरु छन् । समितिले मिटरब्याज घटनाका पीडितहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।
यस्तै, संघर्ष समितिले संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । साउन १५ गते आइतबार मुख्यमन्त्री कार्यालय जनकपुर घेराउको कार्यक्रम राखिएको छ ।
साउन १५ गतेपछि आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गरिने र मिटरब्याजका समस्या मधेशमा अहिले ठूलो समस्या रहेको भन्दै राज्यले निकास नदिएसम्म संघर्ष जारी राख्ने अभियन्ता संघर्ष दाहालले जानकारी दिए ।