महोत्तरी। महोत्तरीमा निलगाईले बालीनाली खाईदिदा कृषकको लगानी डुब्ने जोखिम बढेको छ। सोमवार राती सम्सी गाउपालिका ५ स्थित माँ वैष्णो देवी कृषि फर्ममा सय भन्दा बढी केराको बोटमा फल निस्की सकेको अवस्थामा निलगाईले सबै फल एक झुण्ड निलगाईले खाईदिएपछि फर्म संचालक चिन्तित भएका छन्।
तीन बिघा जग्गामा गरिएको फर्म लगन र मेहनतका साथ केरा खेतीमा प्राय सबै बोटमा राम्रोसँग केरा फलेको छ। कृषी कर्म गरिरहेको र सोहि अनुरूप फर्म राम्रो अवस्थामा पुगेपनि निलगाई र बदेल व्याउने अवस्थामा पुगिसकेको र धेरैमा फल समेत निस्कीसकेको अवस्थामा निलगाईको झुण्डले सो खाईदिएको हो ।

झण्डै २५ विग्हा जग्गामा खेती गरिरहेका फर्मका संचालक रामध्यान मण्डलले करिव १७ बिघा जग्गामा माछा पालन गरिरहेपनि अन्य जग्गामा केरा, मेवा, तरकारी, कागती लगायतका खेती गरिरहेकोमा आतंकले हालसम्मको मेहनत र लगानी खेर जाने हो कि भन्ने चिन्ता सताएको बताए ।
उनले सरकारसंग क्षतिपुर्तिका साथै निलगाई र बदेलको आतंकबाट छुटकाराको लागि समेत गुहार लगाए। सातलाखको पुँजीबाट कूपी फर्म संचालन गरेका मण्डलले अहिले करोड भन्दा बढीको पुँजी विस्तार केरा, मेवा र तरकारी खेतीमा गरिसकेकोमा उनले विगत दुई वर्षमा खेतमा बगाएको पसिना अहिले निलगाई र बदेलको कारण जोखिम बढेको बताए ।उनले तत्कालै आफुले त्यत्रो डुब्ने अवस्थामा पुग्न लागेकोले जग्गामा तारबार गर्ने क्षमता नभएकोले नोक्सानी हुन नदिन निलगाई र बदेल धपाउन रात्रीको समय जाग्राम बस्नु परेको बताए ।

उनले अन्य विकल्पको लागि तत्काल बचेको केरा र मेवा तथा तरकारीको बोटहरुको संरक्षण गर्न सरकारी कार्यालय हरुले सहयोग समेत गरिदिन आग्रह गरे । आफुसंग नरहेकोले केरा र मेवा दुई वर्ष अघि कृषि फर्म सुरु गरेका तथा तरकारी खेतीमा लाखौको लगानी लागि सकेको मण्डलको एक वर्ष वैदेशिक रोजगारीबाट कमाएको पुँजि लगाईसकेको बताए ।
उनले कृषि पेशा असाध्यै राम्रो रहेको र वैदेशिक रोजगारी भन्दा कैयौं गुणा बढी फाईदाजनक रहेको बताउदै जंगली जनावरको आतंकबाट आफ्नो खेत जोगाउन सके यो भन्दा राम्रो कामको विकल्प नरहेको थपे ।

उनले कृषिको लागि चाहिने मलखाधको सहज उपलब्धता, जंगली जनावरबाट सुरक्षा, सुरक्षित बजार, शित भण्डारको व्यवस्था लगायतका कार्यमा सरकारले थोरै लगानी गरिदिए विदेशबाट आयात हुने फलफुल तथा खाद्य सामग्रीको आयातमा न्युनिकरण गर्न सकिने बताए । हाल नेपालमा कृषिकार्य गर्नेहरुले यिनै कारण समेत लगानी गर्न असहज महसुस गरिरहेकोमा समयमै मलखादको उपलब्धता लगायतका कार्यमा सरकारले सहयोग गरे कृषकहरुमा उत्साह बढ्ने र यसले कृषीमा लगानी र मेहनत बढ्न गई परदेशको निर्भरता समाप्त पार्न सहज हुने बताए ।




