महोत्तरी निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा सुरुवात देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको छ।
बर्दिबासस्थित निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको पछिल्लो मतगणना अनुसार गौशला १,२,३,४,५ ,६+ बर्दिबास १,२,३,४,५,६,७,१४ र भंगाहा ३,४,५,९ मा मतगणना हुँदा सम्मको मत परिमाणमा रास्वपाका प्रमोदकुमार महतोले २१ हजार ८६० मत प्राप्त गरी अग्रता लिनु भएको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरीराजमणी पोखरेलले ७ हजार २३८, नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले ४ हजार २७५ र कांग्रेसका मुकेश काफलेले ३ हजार ३८९ मत प्राप्त गर्नु भएको छ ।




