गौशाला- कावरिया सेवा समितिले महोत्तरीको गौशालामा ४ हजार भन्दा बढी कावरियाहरुलाई निःशुल्क भोजन गराएका छन् ।
सोमबार टुटेश्वर महादेवबाट फर्कदै गरेका बोलबम यात्रुहरुलाई गौशाला २ निगौल चौक स्थित दुर्गा मन्दिरको प्रांगनमा ४ हजारभन्दा बढीलाई निःशुल्क भोजन गराइएको समितिका अध्यक्ष महेश्वर महतोले जानकारी दिए ।
प्रत्येक बर्ष साउनमा बोलबम यात्रुहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्दै आएकोमा यस पटकपनि त्यसलाई निरन्तरता दिएको अध्यक्ष महतोले बताए ।
समितिले विभिन्न दाता र समितिका पदाधिकारी तथा सदस्यहरुको आर्थिक सहयोगमा बोलबम यात्रीहरुका लागि निःशुल्क भोजनको व्यवस्था गर्दै आएको हो ।




