
जनकपुर – धनुषाको सबैला नगरपालिकामा एक डिलरले २४ सयपर्ने खाद्य ३ हजारमा किसानलाई बेचिएको पाइएको छ। मलखाद्यको हाहाकार भएको बेला सबैला नगरपालिका वडा न.५ का लागि नगरपालिकाले अनुमति डिलर दिएको सोनि उपभोक्ता सहकारीले किसानलाई लुटिरहेका छन् ।
नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निरास भएर रित्तो हात घर फर्किए । ‘धानमा खाद्य छर्ने बेला मल पाउन सकिएको छैन’, किसानले भने, तर फेरि डिलरमा जादा ३ हजार पाँच सयमा लिनु हुन्छ भने लिनुस होइन भने जानुस् बाध्यताले किसानले उक्त २४ सयको खाद्य ३ हजारमा खरिद गरेको एक किसानले भन्ने ।
किसानहरु संग सोही दरले बेच्न खोज्दा बाहिर हल्ला मच्चिए पछी किसानहरुले स्थानीय सरकार संग गुहार गरे तर पनि कुनै सहज नभएको बताए । यता डिलरले आफ्नै मनोमानीले किसानलाई मल बेचिरहेका छन् ।