महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित सर्पदंश उपचार केन्द्रको व्यवस्थापन समितिको अध्यक्षमा राज किशोर राउत चयन भएका छन् ।
राउत सर्पदंश उपचार केन्द्रको दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरिएका हुन्।

सर्पदंश उपचार केन्द्रका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता र नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियारको प्रमुख आतिथीत्यतामा सम्पन्न केन्द्रको दोश्राे साधारण सभाबाट अगामी कार्यकालको लागि राउतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
केन्द्रको नयाँ कार्यसमितिको उपाध्यक्ष नवल किशोर यादव, सचिव मोद कुमार महतोलाई चयन गरिएको छ भने सदस्यहरुमा बिजय कुमार यादव, माधवी कुमारी आले, अनु कुमारी साह, मनोज कुमार झा रहेका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा श्रीनाथ गण महेन्द्रनगरका प्रमुख सेनानी श्याम विक, क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनय साह, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जय किशोर सिंह, वडा ७ का अध्यक्ष मुवारक कवाडी, वडा ८ का अध्यक्ष मोद कुमार महतो, वडा ९ का अध्यक्ष अवध किशोर यादव लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
खास गरेर सर्प दंश उपचार केन्द्र धनुषाको महेन्द्रनगरमा सञ्चालनमा आएपछि धनुषा, महोत्तरी तथा सिराहा जिल्लाका अतिरिक्त सीमावर्ती भारतका जनताले पनि निःशुल्क उपचारबाट लाभ लिइरहेका छन् ।




