वर्दिवास- प्रदेश सभा सदस्य शारदा देवी थापाले सर्प दंश उपचार केन्द्रमा भेन्टिलेटर संचालन गर्न दक्ष जनशक्ति व्यवस्थापन गर्न बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीलाई आग्रह गरेकी छिन् ।
नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखा बर्दिबासको सातौ उपशाखा सभालाई सम्बाेधन गर्दै उनले उपकरण भएर पनि संचालन गर्ने जनशक्ति नहुँदा त्यसकाे आैचित्य नहुने बताईन्।
बर्दिबासमा व्यक्तिले समाजिक संस्थामा लगानी गरेर नागरिकलाई सेवा दिइरहेको प्रदेश सभा सदस्य शारदा देवी थापाले बताइन् । ‘कतिपय सहकारी संस्थाहरुको नेतृत्व सधैं एकै खालको रहेको छ । ति संस्थाहरुले नागरिकको अधिकार प्राप्तिमा अंकुस लगाएर समुदायलाई चुस्ने मात्रै काम गरेको तर, समुदायमा केही लगानि गरेको छैन’प्रदेश सभा सदस्य थापाले भनिन् ।
रेडक्रसको विकासका लागि बर्दिबास नगरपालिकाले पूर्णरूपमा सहयोग गर्ने बर्दिबास नगरपालिका मेयर प्रह्लाद कुमार क्षेत्रीले बताए।
मेयर क्षेत्रीले आफू सुरू देखि नै यश रेड क्रसकाे भवन स्थापनाकाे लागि सहयोग गरेकाे र अहिले आफू नगरकाे मेयरकाे हैसियतले नगरपालिकाबाट गर्ने हरेक किसिमकाे आवश्यक सहयोग गर्न तयार रहेकाे बताए ।

रेडक्रसमा सभापति मुकुन्द पौडेलले देशभरीका ७७ वटा रक्तसंचार केन्द्र बर्दिबासमा रहेको जानकारी दिए।
रेडक्रस मानवीय संस्था रहेको सर्प दंश उपचार केन्द्र बर्दिबासका अध्यक्ष कृष्ण प्रसाद देवकोटा बताए । बर्दिबासका समाजले निकै दुःख गरेर रेडक्रस संचालनमा ल्याएको उनले उल्लेख गरे ।
रेडक्रसलाई समृद्ध संस्था बनाउन उनले स्थानीय सरकारसंग माग गरे । समाजिक संघसंस्थाको संरक्षण गर्न स्थानीय सरकारले ध्यान दिनु पर्नेमा अध्यक्ष देवकोटाले मेयर क्षेत्रीलाई आग्रह गरे ।
रेडक्रसका सल्लाहकार हर्क बहादुर तमाङले रेडक्रसले ल्याएको योजनामा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सल्लहाकार हिरा गौतमले रगतदान गरेर नागरिकलाई बचाउने काम रेडक्रसले गरिरहेको उल्लेख गरे ।
बर्दिबाससहित थुप्रै ठाउमा रगत व्यवस्थान गरेर रक्तसंचार केन्द्रले सेवा दिइरहेकोमा उनले खुशी व्यक्त गरे । उनले आवश्यक सहयोग गर्ने वाचा समेत गर्ने विश्वास गरे ।
समितिले राम्रो काम गरेर अघि बढेको रोटरी क्लव बर्दिबासका अध्यक्ष बिजय कुमार महतोले बताए
बर्दिबास साना शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भोला खड्काले रेडक्रसलाई निःशुल्क पानी दिने बताए ।
रेडक्रस सोसाइटी जिल्ला शाखा महोत्तरीका अवधेश सेवाको भावनाले समर्पणकारी भावना र विचारले काम गर्दै आएकोमा खुशी व्यक्त गरे ।
बर्दिबास नगरपालिका ३ का वडा अध्यक्ष विराट विष्टले सबै मिलेर रेडक्रस सहयोग गर्नुपर्नेमा जोड दिए ।




