महोत्तरी- प्रदेश स्तरिय बिकास समितीको सभापतीमा मधेस प्रदेश सांसद डा रिना यादवको उम्मेदवारी दर्ता भएको छ।
बुधवार बिहान ११ बजे देखी बेलुका ५ बजे सम्म सचिवालयमा नाम दर्ताको समय सिमा राखिएकोमा निर्धारित समय भित्र एक नाम मात्र दर्ता हुदा डा रिना यादव बिकास समितीको सभापती हुने निश्चित देखिएको छ।
बिहिवार बिकास समितीको बैठक पछीको निर्णय अनुसार सभापतीको टुंगो लाग्नेछ।सभापतीमा उम्मेदवारी दिएका सांसद डा यादवको प्रस्तावकमा शुन्दर बहादुर बिश्वकर्मा तथा समर्थकमा जन्नत अंसारी रहेका छन् ।
डा.यादवले आफूलाई आफ्नो पार्टी लगायत पाँच दलिय गठबन्धनको सहयोग रहेका बताइन् । प्रदेशमा प्रमुख प्रतिपक्षीको तर्फबाट कसैले पनि उम्मेदवारी नदिएको कारण उनि निर्विरोध हुने अवस्था रहेको छ । डा. यादव जसपा नेपालको महोत्तरी बाट समानुपातिक प्रदेश सासद हुन् ।




