काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता विधेयक २०७९ बहुमतले पारित भएको छ ।
बिहीवार साँझ प्रतिनिधि सभामा भएको मत विभाजनमा विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत परेको छ । बैठकमा उपस्थित संख्या १९५ रहेको थियो ।



विधेयकको पक्षमा कांग्रेस, माओवादी लगायत सत्ता पक्षले मतदान गरेका थिए भने नेकपा एमाले, नेमकिपा लगायतले विधेयकको विपक्षमा मतदान गरेका छन् ।




