
महोत्तरी - महोत्तरी जिल्लामा आर्केष्ट्रा निषेध गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा जारि गरिएको सूचनामा जिल्लाभर आर्केष्ट्रा निषेध गरिने भनिएको छ ।
नेपालीहरुको महान् चाड कृष्णाष्टमी ,तिज ,वडा दशैँ ,दिपावली ,छठ पर्व नजिक आइसकेको हुनाले त्यस सन्दर्भमा दुर्गा पुजा तथा विभिन्न चाडपर्वको नाममा भिडभाड हुने गरि स्टलहरु बनाउने ,सामाजिक वातावरण धुमिल हुने गरि उच्च आवाजमा डिजे ,बाजा बजाउने , आर्केष्ट्रा प्रदर्शन गर्ने जस्ता गतिविधी प्रति गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारि गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यस प्रकारका क्रियाकलापले समाजमा विकृति ,दुर्घटना ,चोरी चपाटी बढेको छ ,सूचनामा भनिएको छ ,"चाडपर्वको समयमा मेला महोत्सवको नाममा हुने अश्लिल नृत्य (आर्केष्ट्रा) कार्यक्रमहरुको आयोजनाबाट समाजमा चोरी ,सवारी दुर्घटना ,कुटपिट ,मादक पदार्थ सेवन ,लागु औषधको सेवन तथा ओसारपोसार लगायतका अपराधिक गतिविधिमा वृद्धि भई सामाजिक विकृति फैलिने भएकोले यस्ता कार्य नगर्नु नगराउनु भनिएको छ।" यदि कसैले सूचनाको बर्खिलाप गरि त्यस्ता गतिविधिहरु गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
साथै अचेल फेरि दैनिकजसो कोभिड -१९ को संक्रमण डर पनि बढ्दै गएको हुनाले चाडपर्व मनाउदा आफ्ना परिवारका सदस्यहरु मात्र जम्मा भई स्वास्थ्य सुरक्षामा मापदण्ड पूर्ण रुपमा पालना गर्दै भौतिक दुरी गरि कोरोनाको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले अनुरोध गरेको छ ।