
महेन्द्रनगर- नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले मंसीर ४ को निर्वाचन पछि देशको पहिलो पार्टी बन्ने दाबि गरेका छन् ।
आज धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को महेन्द्रनगर स्थित पार्टी कार्यालयको उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका नेता महासेठले एमालेलाई जनताको साथ र सहयोग रहेकाले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावबाट नेकपा एमाले पहिलो पार्टी बन्ने बताए ।

नेता महासेठले एमालेलाई पहिलो पार्टी बनाउन कार्यकर्तालाई आग्रह गर्दै अहिले देखि नै निर्वाचनको तयारी जुट्न निर्देशन दिए।
कार्यकर्ताको उत्साहजनक कार्यशैलीले नेकपा एमाले पाँच दलीय गठबन्धनभन्दा दुई कदम अगाडि दौडिरहेको बताउँदै पूर्वमन्त्री महासेठले यहाँका जनताको आफूप्रतिको भरोसा टुट्न नदिने प्रतिबद्धता गर्दै जनता झुक्याउनेदेखि होसियार रहन आग्रह गरे ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रम पूर्वमन्त्री जुली महतो, क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव लगायत पार्टीका नेता तथा कार्यकर्ता उल्लेख्य उपस्थित रहेको थियो ।