धनुषा- मधेस प्रदेश सरकारले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई ५ लाख नगद सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
मधेस प्रदेश सरकारकाे आज बसेकाे मन्त्रि परिषद बैठकले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई ५ लाख सहयोग गर्ने निर्णय गरिएको सरकारका प्रबक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।
मन्त्री साहले निहारिकालाई कानूनी लडाईका लागी मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाकाे सिफारिसमा साे रकम सहयोग रकम सहयोग गरिएको जानकारी दिए । उनले न्यायधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोग समेत प्रदान गरिने जानकारी दिए।
निहारिका माथि शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप उनले लगाउदैँ आएकी छन्। उनले डिएनए परिक्षणको मांग गर्दै लामो समयसम्म धर्नामा बसेपश्चात अदालतले डिएनए परिक्षण गर्न आदेश दिएको छ ।




