
काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसअघि मङ्गलबार सुन तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।