
सुनचाँदी व्यवसायी संघ महोत्तरीले सरकारविरुद्ध नारावाजी गरेका छन ।
सुनचाँदीमा सरकारले विलासी कर वढाएको भन्दै व्यवसायीहरुले नाराजुलुस गरेका हुन ।
विलासी करको नाममा व्यापारी र उपभोक्ताहरु मारमा परेको व्यवसायिक वातावरण सिर्जना गर्न नसकेको उनिहरुको भनाई छ ।
सरकारले २०८२/८३ को बजेटमा १३ प्रतिशत मुल्य अभिवृद्धिकर र विलासी कर थप गरेर १५ प्रतिशतसम्मको अतिरिक्त करको व्यवस्था गरेको थियो ।
गहना व्यवसाय देशको संस्कार, परम्परा जस्ता सामाजिक कार्यहरुसगँ गासिएको वताउदै पवित्र र ऐतिहासिक व्यवसायमा लादिएको करले व्यवसायी र बजारमाथी नकारात्मक असर परेको व्यवसायी संघ महोत्तरीका अध्यक्ष सम्भु प्रसाद साहले वताए ।
अतिरिक्त कर वृद्धिले व्यवसायीहरु संकटमा पर्नुको साथै तस्करी र अवैध कारोबारलाई प्रोत्साहन मिलेको अध्यक्ष साहको भनाई छ ।
व्यवसायीहरुले सरकारसमक्ष ६ वुद्वे माग राखेका छन । दुई प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, १३ प्रतिशत मुल्य अभिवृद्धिकर पुनरावलोकन गर्नुपर्ने, प्रावधिक तालिम, प्रमाणिकरण र परिक्षण प्रयोगशालाको सुविधा दिनुपर्ने, परम्परागत हस्तकला कर दर घटाएर प्रोत्साहन गर्नुपर्ने र दिर्घकालिन नितिगत स्थिरता सुनिश्चितता गर्नुपर्ने जस्ता माग रहेका छन ।
यसैक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण माहासंघका केन्द्रिय उपाध्यक्ष डा. सुधिर अग्रवालले व्यवसायमैत्री वातावरण भताभुङ्ग वनाएर सरकारले अन्याय गरेको दावी गरे ।
महोत्तरी रत्न तथा आभुषण संघ महोत्तरीका अध्यक्ष समेत रहेका डा. अग्रवालले असार-८ गतेसम्म पारम्भिक चरणका संघर्षका कार्यक्रम संचालन गर्ने घोषणा समेत गरे ।
व्यवसायीहरुले आन्दोलन राजनितिक नभई विशुद्ध रुपमा संवेदनशील विषयमा आधारित शान्तिपूर्ण दवाव भएको प्रष्ट वनाएका छन । राज्यसगँ संवाद गर्न तयार रहेको वताउदै व्यवसाय धराशायी वनाउने निति गलत भएको व्यवसायीहरुको निष्कर्ष छ ।
२६ जेठमा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा यही विषयलाई लिएर ज्ञापनपत्र वुझाएका थिए ।
असार-८ गतेसम्मको यो अवधीमा राजनितिक दलसँगको छलफल, ईलाका प्रशासन कार्यालयहरुमा धर्ना जस्ता कार्यक्रमहरु संचालन गर्ने व्यवसायीहरुले जनाएका छन ।