सबै क्षेत्रमा चुनाव लडने गरि तैयारी अवस्थामा वस्न अध्यक्ष यादवको निर्देशन
जनकपुरधाम- मधेश प्रदेश सरकारको मुख्यन्यायधिवक्ता बाट आजै राजिनामा गर्नु भएको दिपेन्द्र झा जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भएको छ ।
जसपा महोत्तरीले जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले झा सहित लोसपा नेता हरि मण्डललाई पार्टीमा स्वागत गर्नु भएको हो । एकडारा गाँउपालिका निवासी मण्डल २०७०को संविधान सभा निर्वाचनमा तमलोपाबाट उम्मेदवारी दिएका थिए ।
झा र मण्डल संगै महोत्तरीको विभिन्न क्षेत्रका सयौ नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका छन ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै प्रमुख अतिथि यादवले पहिचान र समानाताको लागि जारी आन्दोलनको एउटा मोर्चा निर्वाचन समेत रहेकोले सबै क्षेत्रमा चुनाव लडने गरि तयारी अवस्थामा रहन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भयो ।
संघीयता र गणतन्त्र खतरामा परेको बेलामा जसपाले नेतृत्व लिएर जोगाएको स्मरण गराउनु हुँदै अध्यक्ष यादवले संघीयता र गणतन्त्रको रक्षको लागि आफुहरु अझै पनि गठबन्धनको पक्षमा रहे पनि सबै सिट आफु लाई नै चाहिने प्रयास कतै बाट भए त्यो स्वीकार्य नहुने बताउनु भयो । मधेशी दलित जनजाति लगायतका समुदायको समानजनक सहभागिता आजको आवश्यकता रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले त्यसो हुन नसके सबै सिटमा चुनाव लडनु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत समेत गराउनु भयो ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा भएको कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एवं मुख्यमन्त्री लालबाबु राउत, राजनीतिक समिति सदस्य हरिनारायण यादव, नवप्रवेशी दिपेन्द्र झा सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।




