काठमाडौं : नेकपा एमालेका युवा नेता शंकर महतोले मिटरब्याजीलाई जेलमा कोच्न नयाँ कानूनको आवश्यक रहेको बताएका छन् । उनले सुदखोरबाट पीडित भएका गरिब, किसान र मजदुरहरुलाई न्याय दिलाउँन सरकारले कानुन संसोधन गर्नु पर्नेमा बताएका छन् ।
काठमाडौंको माइतिघर मण्डलामा ३२ दिनदेखि लागातर जारी रहेको मिटरब्याजी बिरुद्धको आन्दोलनमा एकेबद्धता जनाउँदै नेता महतोले सुदखोरहरुको पक्षमा रहेको कानुन संसोधन नभए पीडितहरुले न्याय नपाउने बताए ।‘नेपालको कानुन महाजनकै पक्षमा अहिले पनि छ । यसले गर्दा हजारौं—हजार मजदुर, किसानहरु परेशानमा छन् । सरकारकै कानुनबाट पनि पीडित छन् । कानुन संसोधन नगरिकन पीडितले न्याय पाउन सक्दैन’, उनले भने ।
बिगत् तीन बर्षदेखि मिटरब्याजी, जालीतमसुक र ठगी बिरुद्धको आन्दोलन गाउँ, जिल्ला, प्रदेश हुँदै ३२ दिनदेखि काठमाडौंका जारी छ । साहुको भेषमा सुदखोरहरुले गरिब, निमुखा र मजदुरमाथि अन्याय, अत्याचार गरिहेको नेता महतो बताए ।
‘सरकारले झरो टार्नका लागि कार्यदल बनाएको छ । जुन कार्यदललाई कुनै अधिकारै छैन’, उनले भने ।
गृहमन्त्रालयले जिल्ला प्रशान कार्यालयमा पत्र पठाएर पीडकसंग पीडितलाई मिलापत्र गराउन लागेको बताउँदै उनले यस्ता गम्भीर प्रकृतिको मुद्दामा मिलापत्र गराउन नहुने उनले बताए । ‘यस समस्याबाट हजारौ, हजार घरपरिवार यसबाट पीडत छन् । सरलक्क एउटा शब्दमा मिटरब्याजी भनेर पुग्दैन । यसमा फरक खालमा प्रवृत्तिहरु छन्’, उनले भने ।
मन्छेको दुःखमा बिटरब्याजीले पीठा थप्दै आएका छन् । एमाले नेता महतोका अनुसार, मिटिरब्याजीहरुले गरिबहरुलाई झुक्याएर एक लाख लिएको छ भने दश लाख सम्मको नक्कली कपाली कागज बनाउँछन् । तमसुक बनाएकै आधारमा पीडतहरुसंग ब्ल्याक मेलिङ गर्छन् । र अदालतमा मुद्दा हालेर असुल उपर गर्ने वा उसको जयजेथाबाट असुल उपर गर्दै आएका छन् । सुखदधोरले भने जति पैसा नतिरे जेल पठाउने कार्य गर्दै आइरहेका छन् । यसकै आवरणमा उनीहरुले भित्रपट्टीबाट थुप्रै खालका अन्याय गर्दै आइरहेका छन् ।
साहुहरुले ऋण दिएर ऋणीसंग भएको सबै सम्पत्ति (जग्गाजमिन) पास गराएर दिएको ऋण भन्दा बीस गुणाको कागज बनाउने अर्को डर लाग्दो प्रवृत्ति रहेको नेता महतोले बताए ।
उनले भने, ‘मान्छेलाई रकमको आवश्यक परेको हुन्छ, विमारी पर्दा, किरिया गर्नु परे, विहेबारी या छोराछोरीलाई पढाउनु पर्दा वा विदेश पठाउनु पर्दा । साहुहरुले पैसा दिन्छन् तर, दिएको भन्दा २० गुणा भन्दा बढीका सम्पत्ति रजेष्टेशन गराउँछन् । ऋणीले रकम फर्काउँदा पनि साहुले पास गराएको जग्गाजमिन फर्काउँदैन ।