वर्दिवास- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल महोत्तरीको वर्दिवास ११ खयरमारा स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षणिक भवनको शिलान्यास गरेका छन् ।

कोरियाली सरकारको १ अर्ब ५ करोड सहयोगमा शिक्षालयको शैक्षणिक भवन निर्माण हुन लागेको हो । सिटिईभिटीबाट सञ्चालित मधेश प्रदेशस्तरीय शिक्षालयको नयाँ ४ वटा भवनको प्रचण्डले शिलान्यास गरेका हुन् ।

कोरियाली सरकारको सहयोगमा निर्माण हुने शिक्षालयको ४ वटा भवन अत्याधुनिक हुने शिक्षालयका प्रमुख रमण मेहेताले बताए।

२०७५ सालमा स्थापना भएको शिक्षालयमा अहिले देशभरिका २८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । प्राविधिक विषय पढाइ हुने शिक्षालयले अहिले ७ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

शिलान्यास कार्यक्रमको अध्यक्षता बर्दिबास नगर प्रमुख प्रलाद कुमार क्षेत्रीले गरेका थिए, भने उक्त कार्यक्रमका बिशिस्ट अथिती नेकपा माओबादी केन्द्रका बरिस्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ ( प्रकाश) शिक्षा बिज्ञान तथा प्रबिधिमन्त्री माननिय देबेन्द्र पौडेल नेकपा माओबादी केन्द्रका उपमाहासचिब पुर्ब शिक्षा बिज्ञान तथा प्रबिधीमन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १ का सन्सद गिरिराजमणि पोखरेल, मधेस प्रदेशका गृह तथा सन्चार मन्त्री माननीय भरत प्रसाद साह, सम्बिधान सभा सदस्य इन्दु शर्मा , निशा साह, राम कुमार शर्मा, मधेस प्रदेस सन्सद माननीय शारदा देबि थापा, पुर्ब मन्त्री बिस्वनाथ साह लगायत विभिन्न पार्टिका नेता कार्यकर्ता बुद्धिजीवी समाजसेवी हरुको बाक्लो उपस्थिति रहेको थियो।





