
महोत्तरी - जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्ला भरिमा लगाएको आरकेस्ट्रा प्रतिबन्धको धज्जी उडेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार एक बिज्ञप्तीमा उल्लेख गरि निकालेका थिए कि जिल्ला भरीमा आरकेस्ट्रा प्रतिबन्धको प्रतिबन्ध गरिएको छ। तर, जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै त्यसको उलंघन गरी महोत्तरीको जलेश्वर नगरपालिका ५ स्थित रहेको श्री माबि पर्सा पतैली बिधालयमा आरकेस्ट्रा कार्यक्रम आयोजन भएको छ ।
कृष्ण जन्माष्टमी पूजाको अवसरमा आरकेस्ट्रा नाच आयोजना भएको छ । आयोजना भएको आरकेस्ट्राभन्दा केहि पर मात्र प्रहरीचोकी पनि छ । समाजमा विकृति फैलाउने अश्लील गीतमै नृत्य भइरहँदा प्रहरी मुकदर्शक बनेका छन् ।

आरकेस्ट्राले अपराधिक घटना बढाएको भन्दै महोत्तरी जिल्ला प्रशासन कार्यालयले हरेक वर्ष बिज्ञप्ती निकाले पनि यसमाथि प्रतिबन्ध लगाएको छैन ।
तर, प्रतिबन्ध लगाएको २४ घण्टा भित्रै भइरहेको आरकेस्ट्राले सर्वसाधारण समेत आश्चर्य चकित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले नामका लागि प्रतिबन्ध लगाएको भन्दै आलोचना हुन थालेको छ ।
महोत्तरी जिल्लामा आर्केष्ट्रा निषेध ।
फोटो : Raz Roy को सामाजिक संजालबाट
https://m.facebook.com/story.php?story_fbid=135494832516055&id=100081666175672