
महोत्तरी - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रभावशाली नेता शरद सिंह भण्डारी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षबाट सिफारिस भएका छन् ।
लोसपा महोतरी क्षेत्र नम्बर १ का अध्यक्ष पिताम्बर महतो को अध्यक्षतामा आज गौशलामा बसेको क्षेत्रीय भेलाले प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ नेता भण्डारी सहित छठ्ठीलाल साह र शिव नारायण महरालाई सिफारिस गरिएको छ भने समानुपातिक तर्फ निर्जला राउतलाई सिफारिस गरिएको छ।
त्यसैगरी प्रदेशसभा महोत्तरी क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फ पिताम्बर महतो र सन्तोष कुमार महतो तथा समानुपाति तर्फ रुपा यादव, मुकेश यादव, उषा देवी साह, दुर्गा बहादुर कार्की, मोहन बहादुर बिक र राम पुजन महतो सिफारिस भएका छन् ।
त्यस्तै प्रदेशसभा महोत्तरी क्षेत्र नम्बर १ ख बाट प्रत्यक्ष तर्फ रामबिनोद महतो, समर लामा, बिजय श्रेष्ठ, रामनरेश महतो, हरि नारायण साह, मनु भारती र सुरेश महतो तथा समानुपातिक तर्फ राम जी साह, उर्मिला देवी महतो, राम मुक्ति मण्डल, जोगिन्दर राय यादव र वीर माया मोक्तान सिफारिस भएका छन् ।