महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिकामा कलात्मक टाबर निर्माण गरिएको छ । टाबर भित्र सीतामाताको प्रतिमा राखिएको छ ।

२० लाखको लागतमा नगरपालिकाले मटिहानी-जनकपुर सडक खण्डको मटिहानी(प्रतापी मन्दिर) अगाडी निर्माण गरेको उक्त टाबरको बुधवार मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले उद्घाटन गरेको छन् ।




टाबरको उदघाटन गर्दै मेयर मण्डलले मटिहानीको इतिहास रामायण कालसंग र सीतासंग समेत प्रत्यक्ष जोडिएकोले मटिहानीमा सीता माताको प्रतिमालाई विशेष महत्वका साथ स्थापित गरिएको बताए ।

टाबर उद्घाटन कार्यक्रममा वडाअध्यक्षहरु जित नारायण माझी, रितेश साह, शिवशंकर कुमार राय, नाजिर राईन, लोसपाका नगर अध्यक्ष श्याम कुमार मण्डल, राजकिय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल सहितका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।







