महोत्तरी- नेपाली काँग्रेस महोत्तरीका पुर्व प्रतिनिधि सभा साँसद महेन्द्र यादव मधुकरले क्षेत्र नं. २ को प्रतिनिधी सभा सदस्यको उम्मेदवार सिफारिस सुचिबाट आफ्नो नाम हटाएकोमा आपत्ति जनाएका छन् ।
उनले जिल्ला कार्यसमितिलाई पत्र लेख्दै आफ्नो असन्तुष्टी व्यक्त गरेका हुन । क्षेत्रबाट उनको र थप एकजनाको नाम काटेर किरण यादवको नाममात्र सिफारिस गरिएको प्रति असन्तुष्टी जनाएका हुन ।
प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार हुन प्रत्यक्ष विधान अनुसार तिन जनाको नाम सिफारिस हुनुपर्ने र त्यसको लागि आफु स्वयं उपस्थित भई प्रत्यक्ष तर्फ नाम दिएकोमा आफ्नो र थप एकजनाको नाम नै काटेर क्षेत्रिय कार्यसमितिले विधान र केन्द्रिय सर्कुलर विपरित नाम नै समावेश नगरि षडयन्त्रपुर्ण ढंगले एकल नाम सिफारिस गरेको प्रति आफ्नो घोर आपत्ति रहेको निवेदनमा जनाएका छन ।
क्षेत्रमा उम्मेदवार छनौटका लागि जेष्ठता,वरियता,कार्य अनुभव,विगतमा पार्टीको लागि गरेको योगदान र जिम्मेवारी आदिको कुनै मान्यता तथा मुल्यांकन नराखी एकल उम्मेदवारको नम क्षेत्रिय समितिले सिफारिस गर्नु पार्टीको ईमान्दार र लगनशील व्यक्तिहरुलाई पाखा लगाउनु रहेको पुर्व साँसद महेन्द्र मधुकरले बताएका छन । उनले यसरी पाखा लगाउदा नेपाली काँग्रेस प्रति बफादार र ईमान्दार नेतृत्व र कार्यकर्ताहरु प्रति बेईमानी हुने समेत बताएका छन ।
जिल्ला कार्यसमितिले क्षेत्रबाट उपलब्ध गराइएको नामावली सुचिमा सुधार गरि संघिय प्रत्यक्ष तर्फ आफ्नो नाम समावेश गरि सिफारिस पठाउन समेत अनुरोध गरेका छन । उनले केन्द्रिय कार्यालयले गरेको निर्णय स्विकार्य हुने समेत बताएका छन ।
पत्र प्रदेश कार्यसमिति र केन्द्रिय कार्यालयलाई समेत बोधार्थ गरि लेखिएको छ ।