जनकपुरधाम – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको मिति नजिकिए सँगै धनुषामा नेकपा एकीकृत समाजवादी पार्टीका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जनकनन्दिनी गाउँपालिका ३ मा शिवशंकर मण्डलको नेतृत्वमा सय जनाले नेकपा एसलाई छाडेर एमालेमा प्रवेश गरेको एमाले नेता लखन दासले बताए ।



एमालेमा प्रवेश गरेका नव प्रवेशीहरुलाई एमालेका केन्द्रिय सदस्य प्रतिक्षा तिवारी तथा प्रदेश कमिटी सदस्य एवं विदेह नगरपालिका नगर प्रमुख बेचन दास, प्रस्तावित उम्मेदवार लखन दासले सबैजनालाई फुलमाला लगाएर स्वागत गरेका छन् ।
सो अवसरमा विदेह नगरपालिका ५ का वार्ड अध्यक्ष राधेश्याम गोइत, विदेह नगरपालिका कार्यपालिका सदस्य श्याम सुन्दर दास, आलम राइन लगायतको उपस्थिती रहेको थियो ।




