
महेन्द्रनगर- ५८ औं राष्ट्रिय बाल दिवस को अवसरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित गंगोत्री बोडिङ्ग स्कुलले जनचेतना र्याली प्रदर्शन गरेको छ।
“गहना जेवर रुप सृंगार, शिक्षा विना सब बेकार” “सुखी नेपाली समृद्ध नेपाल", "बालअधिकार सबै को सरोकार” लगायतको विभिन्न नारा लेखिएको प्लेकार्ड सहित निस्केको विद्यार्थीको र्याली नगर परिक्रमा गरेकाे थियो ।
र्याली पश्चात प्याब्सन मधेश प्रदेशका सचिब समेत रहेका गंगोत्री बोडिङ्ग स्कुलका प्रिन्सिपल गणेश साहले बाल दिवसको शुभकामना दिदैँ बालअधिकारको सम्बन्धमा समाज सम्वेदन शिल हुन जरुरी रहेको बताए ।उनले भने, 'अहिले पनि ठाउँ ठाउँमा विद्यालयको अभाव, विद्यालय भएपनि शिक्षकको पदपुर्तीको अभाव जस्तो समस्या देखिएको कारण यस प्रति सरोकारबाला निकायहरुलाई ध्यान दिन जरुरी छ ।"

उनले भने, 'बाल अधिकारको विषयमा सरोकारवाला निकाय, संघ संस्था द्धारा विभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम गरेपनि त्यो कार्यक्रममा मात्र सिमित देखिएको तर कार्यक्रमबाट के उपलब्धी भयो त्यसको कुनै मुल्याङ्कन गरेको पाइदैन ।'
नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।