काठमाडौं – राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको दोस्रो जहाज काठमाडौं आएको छ। उक्त जहाज केहीबेरअघि काठमाडौं आइपुगेको हो। सामान हस्तान्तरण गरेपछि जहाज फर्किने विमानस्थलस्थिल नागरिक उड्डयन कार्यालय स्रोतले जनाएको छ। यसअघि बुधबार राति १० टन राहत र उद्दार सामग्री लिएर भारतीय वायु सेनाको जहाज काठमाडौं आएको थियो।
भारत सरकारले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको हो।



बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि पठाइएको उक्त पहिलो किस्ताको सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका थिए। नेपाल सरकारको आग्रहमा भारत सरकारले राहत तथा उद्दारका सामग्री पठाएको हो।




