
मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डल ज्यूले आज वडा न.१ स्थित राष्ट्रिय माध्यमिक विधालय सिरसियाको भवनको आज एक समारोह बिच शिलान्यास गर्नु भएको छ।
वडा न.१ का वडा अध्यक्ष शिवशंकर कुमार रायको अध्यक्षतामा समपन्न कार्यक्रममा उप-प्रमुख मन्जु देवी साह, का.पा.सदस्य रामपदारथ साह, प्र.अ. रामश्रेष्ठ ठाकुर, शिक्षा संयोजक चन्देश्वर साह, सुचना तथा प्रविधि अधिकृत रमेश प्रसाद कोइराला, वडा सदस्य सहित गाउँका भरभलादमीहरु उपस्थित रहेका थिए।
करिव ३६ लाखको लागतमा सो विधालयमा राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत मटिहानी नगरपालिको सहयोगमा चार कोठे भवन निर्माण हुने कुरा इन्जिनियर दिनेश साहले बताउनु भयो।