
महोत्तरी- जानकी एकेडेमीक हस्पिटल प्रालिमा नेपाल सरकारद्वारा संचालित आमा सुरक्षा कार्यक्रम नि:शुल्क सुचारु भएको छ ।
जानकी एकेडेमीक हस्पिटल प्रालिले महोत्तरीको क्षेत्र नम्बर४ अन्तर्गत अनेक तरहका सेवा सुविधा सुचारु गर्दै आइरहेको छ ।

२०७८ सालमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हातबाट समुद्घाटन भइ आजसम्म अनेक सेवा सुविधा सुचारु हुदै आइरहेको छ ।
शनिबार देखि आमा सुरक्षा कार्यक्रम पनि निशुल्क रुपमा संचालन हुने पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादवले जानकारी दिए।
महोत्तरीको क्षेत्र नम्बर १ को लागि बर्दिबास , क्षेत्र न. २ को लागि जनकपुर ,क्षेत्र न.३ को लागि जलेश्वरमा स्वास्थ्य सेवा सुविधा उपलब्ध भएपनि क्षेत्र न. ४ सेवाबाट बन्चित भएको कारणले जानकी एकेडेमिक हस्पिटल प्रालिले अनेकौ सेवा सुविधा थोरै शुल्कमा यहाँका जनसमुदायलाई सेवा दिने उद्देश्य बोकी आगाडी बढिरहेका छन् ।

सोनमा गाँउपालिकाको पुर्व अध्यक्ष राजकुमार यादवको संयोजकत्वमा सम्पन्न अन्तक्रिया कार्यक्रममा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव , पुर्व कानुन तथा राज्य मन्त्रि सरोज कुमार सिंह र विभिन्न पालिकाहरुको नगर प्रमुख ,उपप्रमुख, वडा अध्यक्ष , स्वास्थ्य शाखाको अधिकृत , प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।