महेन्द्रनगर- हिन्दुहरुको महान चाड दसैं लाई मध्यनगर गर्दै धनुषाको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको अगुवाइमा महेन्द्रनगर बजार सरसफाइको गरिएको छ।

जनप्रतिनिधिको आपसी विवादका कारण क्षीरेश्वरनाथ नगरपालिकाको कामकाज ठप्प रहेको अवस्थामा नगरको फोहोर समेत नउठेपछि स्थानिय जनप्रतिनिधि, व्यापारी, राजनितिकर्मी, श्रीनाथ गण महेन्द्रनगरका नेपाली सेना, इलाका प्रहरी कार्यालयका प्रहरी लगायत युवाहरुको सहभागितामा सरसफाई गरिएको हो।




सरसफाइ कार्यक्रम पश्चचात समापनको क्रममा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव स्थानिय व्यापारी र घरपट्टीहरुलाई पसल, घर अगाडी जथाभावी रुपमा राखिएको सामानहरुलाई व्यवस्थीत गरी राख्न निर्देशन दिएका थिए भने आउने दिनमा यसरी जथाभावी राखिएको पाइएमा नगरपालिका द्धारा दण्ड जरिवाना गर्ने चेतावनी दिएका थिए ।

क्षीरेश्वरनाथ नगरपालिकाका नगर उप प्रमुख रचना माथेमाले सरसफाइ गर्ने धारणाको विकास सबै पक्षबाट हुनु आवश्यक रहेको बताए । उनले नगरपालिका कार्यालय गर्ने मात्र नभएर सबैले आफ्नो घर अगाडीको फोहोर आफै पनि सफा गर्ने दायित्व सम्झेर गर्नु पर्ने बताइन् । उनले जथाभावी फोहोर नपारेर एक ठाउँमा जम्मा गरेर राखि दिए फोहोर उठाउन सजिलो हुने बताइन् ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले दसैंको अवसरमा भोली देखि लाग्ने दसैं बजारमा सहभागी भइ सफल बनाइ दिन अनुरोध गरे । उनले नगरको विकासको काममा सबैलाई एक जुट हुनु पर्ने बताए ।







