
सर्लाही- सर्लाहीको बागमतीमा लुटेराहरुले चलाएको गोली लागेर सगुन साकोसका शाखा प्रमुख घाइते भएका छन् ।
घाईते हुनेमा हरिवन स्थित सगुन साकोसको बागमती नगरपालिका १ स्थित मिलनचोकमा रहेको शाखामा प्रमुखको रुपमा कार्यरत लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी ३४ वर्षिय साजन कार्की रहेका छन् ।

कार्कीको शरीका विभिन्न भागमा गोली लागेको छ । उनलाई हरिवनस्थित एड्भान्स सरस्वती हस्पिटलमा सामान्य उपचारपछि काठमाण्डौंको मेटिसिटिमा उपचार हुँदै रहेको छ ।
आज विहान कार्की कार्यालय समयमै कार्यालय पुगेका थिए । उनले ४ जना सेवाग्राहीसँग कारोवार समेत गरिसकेका थिए । त्यस लगतै भारतीय नम्बर प्लेटमा आएका तीन जना लुटेराहरुले सो शाखा लुटन खोजेपछि शाखा प्रमुख कार्कीले प्रतिकार गर्न खोज्दा उनीमाथि ४ राउण्ड गोली प्रहार भएको सगुन साकोसका संस्थापक अध्यक्ष बाबुराम घिमिरेले बताए ।
घिमिरेका अनुसार प्रारम्भिक जानकारी अनुसार लुटेराहरुले रकम भने लुट्न पाएनन् । शाखा प्रमुख कार्कीले अवरोध गरेपछि उनीहरुले सरासर ४ राउण्ड गोली हानेर फरार भए । शाखा प्रमुख कार्कीको काँध, पाखुरा, तिघ्रा र कोखामा गरी चार ठाउँमा गोली लागेको छ ।
उनीमाथि गोली प्रहार गर्ने लुटेराहरु भने फरार भएका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।