
महोत्तरी । महोत्तरीको रामगोपालपुर ९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा.लि. पर्सा देवाड द्धारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार जानकी एकेडेमीक हस्पिटल प्रा.लि.ले आयोजना गरेको वडा दशै, शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमका बिच प्रेस मञ्च नेपाल महोत्तरीका पदाधिकारीहरुलाई सम्मानित गरीएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालको केन्द्रीय सदस्य पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव ,केन्द्रिय समितीको बैठकले संघीय संसदबाट दोस्रोपटक पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरिएको नागरीक्ता बिधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको घटनाप्रति आक्रोस ब्यक्त गर्दै तिन लाख नेपाली नागरीकलाई नेपालको नागरीक हुन बाट बन्चीत गराईएको भन्दै जसपा नेपाल यसका लागी आन्दोलन गर्ने बताएका हुन् ।
शुभकामना आदान प्रदान कार्यक्रमको बिशिष्ट अतिथि रहेको मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने संविधानको धारा ११३ (५) को व्यवस्था उल्लंघन भएको बताए ।

उनले पदीय मर्यादा बाहिर गएर भएका घटनाक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने कार्यलाई क्षति पुर्याएको भन्दै संविधान भित्रै रहेर समस्यालाई सम्बोधन गर्नु पर्ने बताएका हुन् । कुशवाहा संघीयताले अझै पनि पूणर्ता पाएको छैन । आफ्नो प्रहरी प्रशासन छैन । जसकारण प्रदेशले चाहेअनुसार काम गर्न न सकेको बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डा.यादवले प्रेस मञ्च नेपाल महोत्तरीका नवनिर्वाचित पदाधिकारीहरु सहित प्रेस मञ्चका केन्द्रीय सदस्य रामहृदय यादव, धनुषा जिल्ला अध्यक्ष अर्जुन मण्डल तथा त्यहाँ उपस्थित अन्य पत्रकारहरुलाई गमछा ओढाएर सम्मान गरेका छन् ।
कार्यक्रममा सोनमा गाँउपालिकाको पुर्व अध्यक्ष राजकुमार यादव पुर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मधेस प्रदेशका पुर्व कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, विभिन्न पालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, र स्वास्थ्य शाखाको अधिकृत,प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।